सुनसरी, भारतको अक्वा एफसी झारखण्डलाई ७-० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो । खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् । खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेकी थिन् । खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७-० गोलअन्तरले विजयी भएको हो ।
प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । डी-१९ क्लब धरान-१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special