काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन, आपसी सद्भाव सुदृढीकरण र सामाजिक तथा प्राकृतिक सन्तुलन कायम गर्न यस पर्वले प्रेरणा दिने बताएका छन्। साथै, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिका लागि छठी माता र सूर्य भगवानको कृपा बनिरहने कामना गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

NPL Special
NPL Special
NPL Special
NPL Special