काठमाडौं, नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि अनिश्चित कालका लागि दैनिक ५ घण्टा बन्द हुने भएको छ। चितवनको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज (मङ्सिर १३ गते)देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिएको हो।
पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको चितवन प्रशासनले जनाएको छ ।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special