महेन्द्रनगर, कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
शनिबारदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनगढी र महेन्द्रनगरमा एकसाथ प्रदेशस्तरीय छनोट सुरु भएको छ भने पुरुष तथा महिला भलिबल छनोट डडेल्धुरामा हुँदैछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य लीला सिंह बोहराले शनिबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा आठ खेलको प्रदेश छनोट भइरहेको जानकारी दिइन् । आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताबाट छनोट भएका ७५० खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
Previous Articleछठको व्रत कसरी गरिन्छ ? यस्तो छ चार दिनको विधि
Next Article सहिदमार्गको घुम्ती सडक


NPL Special
NPL Special
NPL Special
NPL Special