काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनायो।
पोखराका लागि कुशल भुर्तेलले ५१ बलमा ९९ रन बनाए। उनी शतक बनाउन मात्र एक रनले चुक्दै १९औँ ओभरमा आउट भए। यस्तै, युवराज साम्राले पनि ५५ बलमा ८९ रन जोडे। पोखराको यो योगफल एनपीएल इतिहासकै सबैभन्दा ठूलो हो।


NPL Special
NPL Special
NPL Special
NPL Special