काठमाडौं, बलर अर्शदीप सिंहको घातक बलिङको मद्दतले भारतले पाँचौँ तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली न्युजिल्यान्डलाई २२ रनले पराजित गरेको छ। आइतबार माउन्ट माउन्गानुईस्थित बे ओभल मैदानमा भएको खेलमा जित निकाल्दै भारतले पाँच खेलको शृङ्खला ३-१ ले आफ्नो पक्षमा पारेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो। भारतका लागि अक्षर पटेल र इशान किशनले समान ४६ रनको योगदान दिए भने कप्तान श्रेयस अय्यर र नमन धीरले समान २२ रन जोडे। न्युजिल्यान्डका मिचेल स्यान्टनर र ज्याकब डफीले समान ३-३ विकेट लिए।
जितका लागि २१० रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.१ ओभरमा १८७ रनमै समेटियो। यसअघि शृङ्खलाको पहिलो र दोस्रो खेल भारतले जितेको थियो भने तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। चौथो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो। यस जितसँगै भारतले घरेलु मैदानमा न्युजिल्यान्डको लगातार ११ एकदिवसीय शृङ्खला जितको यात्रालाई समेत पूर्णविराम लगाइदिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
न्युजिल्यान्डलाई हराउँदै भारतले ३-१ ले जित्यो एकदिवसीय शृङ्खला
Previous Articleजिप दुर्घटनामा तीन जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special