काठमाडौं, पछिल्लो दुई दिनमा करिब दुई हजार २०० आप्रवासी डुङ्गामार्फत स्पेनको क्यानरी टापुमा आइपुगेका छन् । स्पेनको समुद्री उद्धार सेवाले आइतबार यसबारे जानकारी दिएको हो ।
उत्तरपश्चिम अफ्रिकानजिकै अवस्थित क्यानरी टापु आप्रवासीका लागि स्पेन प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक हो । विशेषगरी पश्चिम अफ्रिकाका मानिसहरू जीर्ण डुङ्गामा चढेर एट्लान्टिक महासागर पार गर्दै जोखिमपूर्ण यात्रा गरी यहाँ पुग्ने प्रयास गर्छन् ।
स्पेनको गृह मन्त्रालयका अनुसार, यस वर्ष जनवरीदेखि अक्टोबरको अन्त्यसम्म समुद्री मार्ग हुँदै स्पेन पुगेका २८ हजारभन्दा बढी आप्रवासीमध्ये १३ हजारभन्दा बढी क्यानरी टापुमा पुगेका थिए ।
समुद्री उद्धार सेवाले १४ वटा साना डुङ्गामा सवार एक हजार ३२४ आप्रवासीलाई उद्धार तथा सहायता उपलब्ध गराएको जनाएको छ । तीमध्ये अधिकांश ‘एल हिएरो’ टापुमा पुगेका थिए ।
एकै दिनमा उद्धार गरिएका आप्रवासीको यो सङ्ख्या यस मार्गको हालसम्मको कीर्तिमाननजिक छ । सन् २०२० नोभेम्बर ७ मा यस मार्गबाट एकै दिनमा एक हजार ४६१ जनालाई उद्धार गरिएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दुई दिनमा करिब २२०० आप्रवासी स्पेनको क्यानरी टापुमा आइपुगे
Previous Articleन्युजिल्यान्डलाई हराउँदै भारतले ३-१ ले जित्यो एकदिवसीय शृङ्खला


NPL Special
NPL Special
NPL Special
NPL Special