कर्णाली, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालित खेलहरूको पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ। हालसम्म बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी ४५ पदक जितेको छ।
सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ। पदक तालिकामा एनआरएन १२ स्वर्णसहित दोस्रो र त्रिभुवन आर्मी क्लब ११ स्वर्णसहित तेस्रो स्थानमा छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारी अपूरो हुँदा अपेक्षित नतिजा आउन नसकेको बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special