काठमाडौं, मुगुको राराताल जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिँदै छ। घाइते कञ्चन थापा र अञ्जु थापालाई आज हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लैजान लागिएको हो।
काठमाडौँबाट राराताल जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राराताल जाने क्रममा दुर्घटनामा परेका दुई घाइते हेलिकप्टरबाट सुर्खेत लगिँदै
Previous Articleसङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
Next Article राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ


NPL Special
NPL Special
NPL Special
NPL Special