काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ चरण मंगलबारदेखि सुरु हुँदैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि हुने खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।
लिग चरणमा लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक नतिजाविहीन खेलसहित ११ अंक जोडेर शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक जोड्दै दोस्रो स्थान सुरक्षित गरेको हो।
लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर हो। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको लुम्बिनीले यस सिजनको उद्घाटन खेलमा पनि ७ विकेटको जित निकालेको थियो।
लुम्बिनीको ब्याटिङमा डार्सी शर्ट, आसिफ शेख र सन्दीप जोरा महत्त्वपूर्ण हुनेछन् भने बलिङमा रुबेन ट्रम्पलमन र शेर मल्लको प्रदर्शन निर्णायक बन्न सक्छ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र आरिफ शेख मुख्य खेलाडी हुन्। बलिङमा अनिल खरेल र स्कट कुग्लेइनको भूमिका महत्त्वपूर्ण हुनेछ।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
खेल विवरण
- खेल : लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स (पहिलो क्वालिफायर)
- मिति : मंसिर १ गते, मंगलबार
- समय : साँझ ५ बजे
- स्थान : त्रिवि क्रिकेट मैदान


NPL Special
NPL Special
NPL Special
NPL Special