काठमाडौं, इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ ।
गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ । योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ कि छैन भन्नेमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ ।
अमेरिकाभित्र बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ । यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ । यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
Previous Articleपूर्वी तराईमा लोकप्रिय बन्दै भक्का


NPL Special
NPL Special
NPL Special
NPL Special