काठमाडौं, अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको मूल्याङ्कनमा नेपालको ऋण तिर्ने क्षमतामा सुधार भएको छ । अर्थ मन्त्रालयका अनुसार फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अङ्क गत वर्षको ३.४७ बाट ०.१९ अङ्कले बढेर ३.६६ पुगेको हो ।
फिचको प्रणालीमा ‘बिबी-’ (डबल बी माइनस) रेटिङका लागि कम्तीमा ३.५ अङ्क चाहिन्छ । गत वर्ष नेपालको अङ्क यो सीमाभन्दा कम भएकाले सहुलियत अङ्क थपेर ‘बिबी-’ दिइएको थियो । यसपटक नेपालले आफ्नै अङ्कका आधारमा त्यो रेटिङ पाएको हो । फिचले लगातार तेस्रो वर्ष नेपालको रेटिङ ‘बिबी-’ मा स्थिर राखेको छ ।
सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व र ऋण दायित्व पूरा गर्न सक्ने क्षमता मापन गर्छ । यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण र बाह्य ऋण पाउने क्षमता आकलन गर्न आधार दिन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपालले ऋण तिर्न सक्ने अवस्था कस्तो छ? अन्तर्राष्ट्रिय मूल्याङ्कनमा सुधार
Previous Articleराष्ट्रिय कर दिवसमा भाटभटेनी सुपरमार्केट विशेष सम्मानित


NPL Special
NPL Special
NPL Special
NPL Special