काठमाडौं, चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ ।
सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ ।
नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा अमेरिकी हतियार प्रतिबन्ध लागेका मुलुकमा मुख्यालय रहेका कम्पनीलाई विश्वका कुनै पनि डाटा सेन्टरबाट उन्नत चिप्समा आधारित ठूलो कम्प्युटिङ क्षमता उपलब्ध गराउन अमेरिकी अनुमति आवश्यक पर्नेछ ।
सिङ्गापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रण छल्न चिनियाँ कम्पनीलाई सहयोग गरेको आशङ्काबीच नयाँ प्रतिबन्ध आएको हो । यस विवादमा एनभिडियाका प्रमुख जेन्सेन हुआङको नामसमेत जोडिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
Previous Articleप्रविधिमैत्री अनुसन्धानबाट वित्तीय अपराध नियन्त्रणमा जोड
Next Article कोस्टारिकामा पत्रकारको गोली हानी हत्या


NPL Special
NPL Special
NPL Special
NPL Special