काठमाडौं, बागलुङको जैमिनी नगरपालिकासहित देशका पाँच स्थानीय तह सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त घोषित भएका छन्। भूमि समस्या समाधान समितिले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार डोल्पाको काइके, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ तथा रुकुम पूर्वको भूमे गाउँपालिका पनि समस्या मुक्त घोषित भएका हुन्। जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घर निर्माणका लागि प्रतिपरिवार तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो। ती परिवारले लालपुर्जासहित घर पाएपछि पालिकामा सुकुम्बासी समस्या नरहेको विवरण समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special