बनेपा, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीका अवसरमा परम्परागत मेला लागेको छ । करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मेलामा यस वर्ष करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । गुफाभित्र रहेको महादेव मन्दिर, १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराका कारण यस क्षेत्रको धार्मिक महत्व विशेष मानिन्छ । मेलाले स्थानीय संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमन्त्रिपरिषद् बैठक बस्दै
Next Article नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउन छलफल


NPL Special
NPL Special
NPL Special
NPL Special