काठमाडौं, सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण र त्यसमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठनलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद बैठकले मङ्सिर ६ र ७ गते हुने भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीनबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले जैविक विविधता रणनीति, सम्पदा संरक्षणसम्बन्धी मापदण्ड र राष्ट्रिय झोलुङ्गे पुल नीति पनि स्वीकृत गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
Next Article एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएको हो?


NPL Special
NPL Special
NPL Special
NPL Special