काठमाडौं, टर्किएको अन्ताल्यामा दुई दिन ढिलो गरी सम्पन्न कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसकेको भन्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टिलले निराशा व्यक्त गरेका छन्।
समापन समारोहमा उनले जलवायु परिवर्तनको असर गम्भीर बन्दै गएको र विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम बढिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिन आग्रह गरे।
उनले जलवायु वार्ताका उपलब्धिलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै कृषि, खाद्य प्रणाली, सहर तथा पूर्वाधारको उत्थानशीलतालगायत छवटा क्षेत्रमा सम्मेलनले प्रगति गरेको बताए। आगामी कोप–३२ लाई थप प्रभावकारी जलवायु कार्यान्वयनका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप-३१ मा मुख्य निर्णयमै सहमति जुटेन, सहकार्य जारी राख्न आग्रह
Previous Articleस्थानीयको थातथलो नछुट्ने गरी पुनर्निर्माण गर्न गगनको जोड


NPL Special
NPL Special
NPL Special
NPL Special