काठमाडौं, जनकपुरधाम र भारतको अयोध्याबीच ६०४ किलोमिटर दूरीको रेल सेवा सञ्चालन हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ। सातामा एकपटक चल्ने रेल प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या पुग्नेछ। फर्कँदा सोमबार साँझ ५ः५० बजे अयोध्याबाट छुटेर मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुर आइपुग्नेछ। जयनगर, मधुबनी, सीतामढी, रक्सौल, गोरखपुरलगायतका सहरमा पनि बिसौनी रहनेछन्।यो रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै दुई धार्मिक नगरीलाई जोड्ने भएकाले रामायणसँग सम्बन्धित धार्मिक पर्यटन र नेपाल-भारतबीचको जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special