काठमाडौं, भारतको ‘कक्रोच’ आन्दोलनका २७ वर्षीय नेता सौरभ दासलाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ। दासले सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने विमानमा चढ्न नदिइएको जानकारी दिएका हुन्।
अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबर्ग विश्वविद्यालयले आन्दोलनबारे बोल्न आमन्त्रण गरेका थिए। डिसेम्बर १ मा अक्सफोर्ड युनियनमा सम्बोधन गर्ने कार्यक्रम थियो।
अध्यागमन अधिकारीले राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको बताएपछि यात्रा रोकिएको दासको भनाइ छ। उनले सरकारको कदमलाई बौद्धिक विचारप्रतिको असहिष्णुताको सङ्केत भन्दै आलोचना गरेका छन्।
सन् २०२६ मेमा सुरु भएको कक्रोच जनता पार्टीले परीक्षामा अनियमितता र सरकारी निकायविरुद्ध प्रदर्शन गर्दै आएको छ। प्रदर्शनपछि शिक्षा मन्त्रीले राजीनामासमेत दिएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुन प्रतितोला ५०० र चाँदी ३५ रुपैयाँले बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special