काठमाडौं, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन ।
विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुग्नुभएका उहाँ आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सक्नुभएन ।
जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका हुन । उनले निसीखोला–४ स्थित विस्मारेमा करिब १० रोपनी जग्गामा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरेका छन ।
घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरकेा थिए । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले नेपाल फर्किएपछि किवीखेती सुरु गरेका थियो । कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान गएका थियो । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए उनले बताए ।
किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब तीन लाख रुपैया आम्दानी गर्दै आएका छन । घर्तीले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच रहेका छन । कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ ।
कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय घर्ती निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुन ।


NPL Special
NPL Special
NPL Special
NPL Special