सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल निलम्बित भएपछि उनीमाथि छानबिन सुरु भएको छ। व्यवसायी दीपक भट्टलाई थुनामुक्त गराउने प्रयासमा संलग्न रहेको आरोपमा दाहाल निलम्बनमा परेका हुन्। एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयका अनुसार तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। आरोप पुष्टि भए सेवाबाट बर्खास्त तथा फौजदारी कारबाहीसमेत हुनसक्ने बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सूचना चुहावटको आरोपमा एआईजी दाहाल निलम्बित, छानबिनका लागि तीन दिनको समय
Previous Articleरसुवा बाढीका कारण नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
Next Article नेप्से ११.९६ अंकले बढेर २५७८.७३ अंकमा पुग्यो


