नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। डोटीबाट निर्वाचित खड्का कांग्रेसको निर्णयअनुसार उम्मेदवार बनेका हुन्। रास्वपाले उक्त पद प्रतिपक्षलाई दिने निर्णय गरेको छ। खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी रहेका छन्। लामो राजनीतिक अनुभव भएका खड्का पूर्व स्थानीय जनप्रतिनिधि समेत हुन्। उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता मानिन्छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
Next Article रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन


