राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जेठ १४ देखि २७ सम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए। बोर्डले निर्धारित ४५ दिनभन्दा अघि नै नतिजा सार्वजनिक गरेको हो। सदस्य सचिव जंगबहादुर अर्यालले बिहान बसेको बैठकपछि नतिजा जारी गरिएको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


