दैलेख, दैलेखको गुराँस गाउँपालिका-१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका-७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका-७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा बोलेरो दर्घना भई एकको मृत्युसहित पाँच जना घाइते भएका हुन् । कर्णाली प्रदेश ०२-००१ च १२१५ नम्बरको बलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा घाइते भएका पाँच जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा अहिले उपचार भइरहेको उनले जानकारी दिए ।
सो दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिकाका बोलेरो जीप चालक २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकला सार्की र विष सेवन गरेकी २७ वर्षीया कैसी सार्की घाइते भएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएल क्रिकेट : पोखरा एभेन्जर्सले टस जित्यो
Next Article सुनचाँदीको मूल्य बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special