कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विपद्बाट पीडित नेपाली र विदेशी दुवै नागरिकका लागि कानुन बराबर रूपमा लागू हुने बताउनुभएको छ। मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस बिन अजमानसँगको भेटमा मन्त्री गौतमले बाढीमा हराएकाहरूको मृत्यु घोषणा र प्रमाणपत्र वितरण सहज बनाउन कानुन संशोधन भइरहेको जानकारी दिनुभयो।
राजदूत अजमानले रसुवा बाढीको क्षतिप्रति दुःख जनाउँदै राहत तथा उद्धारको प्रशंसा गर्नुभयो। भेटमा बेपत्ता ५४ मलेसियालीका परिवारले भोगेका कानुनी कठिनाइबारे पनि संवाद भएको थियो।


