काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री खनालले काठमाडौंसँग सबैभन्दा नजिक रहेको उक्त नाका सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन्।
रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्।
तातोपानी नाका दुई मुलुकबीचको ऐतिहासिक मित्रताको प्रतीकसमेत भएकाले आवागमन र व्यापारिक सम्पर्क सहज बनाउन तत्काल खुलाउनुपर्नेमा उनले जोड दिएका छन्।
जवाफमा चिनियाँ राजदूत चाङले नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने बताएका छन्। भेटमा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध तथा आपसी हितका विविध विषयमा समेत छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special