चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार बेइजिङ पुगेका छन्। चारदिने भ्रमणका क्रममा उनले समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ उच्च अधिकारीहरूसँग भेटघाट गर्नेछन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले चिनियाँ व्यवसायीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


