परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा हुने भ्रमण २२ देखि २४ जेठसम्म हुनेछ। नयाँ दिल्लीमा हुने द्विपक्षीय भेटमा व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीलगायत विषयमा छलफल हुने बताइएको छ। भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


