परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचका सीमा विवाद ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा कूटनीतिक वार्ताबाट समाधान गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्। सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकमा सीमांकन बाँकी रहे पनि ती नेपाली भूभाग भएको सरकारको अडान रहेको उनले बताए। मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली र अमेरिकी सेनाबीच सम्झौता भएको दाबीलाई उनले निराधार बताए। दार्चुलामा भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण प्रवेश गरेको स्पष्ट पार्दै नियोजित उद्देश्य नभएको उल्लेख गरे। साथै, सुपारी र चिया निर्यातमा देखिएका समस्या समाधानका लागि भारतसँग निरन्तर कूटनीतिक पहल भइरहेको जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


