गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। बैठक मंगलबार, असोज २७ गते नयाँ दिल्लीमा आयोजना हुँदैछ।
बैठकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ।


