नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै दिनभरका कार्यसूची हटाइएको जानकारी दिए। साथै संसद्मा अमर्यादित व्यवहारबारे छानबिन समिति गठन गरिएको पनि उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


