कक्षा १२ को नतिजामाथि विद्यार्थीले उठाएको प्रश्न सम्बोधन गर्न सरकारले छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक र डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ। नतिजामा गडबडी भएको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका छन्। मन्त्री पोखरेलले नतिजा प्रकाशनमा हतार नगरिएको दाबी गर्दै आन्दोलनरत विद्यार्थीप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


