पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालद्वारा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको खनालले बताएका छन्। उनले कम्युनिस्ट समूहहरूबीच वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्दै एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्ने बताएका छन्। यद्धपि उनले पार्टी भने परित्याग नगरेको उनको सचिवालयले जनाएको छ।
यस समाचारमा यसअघि पार्टी परित्याग गरेको सच्याइएको छ – सम्पादक


