प्राकृतिक विपत्तिको प्रभावबीच बुधबार धितोपत्र बजार (नेप्से) मा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा झरेको छ। ३४८ कम्पनीको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य घट्यो। कुल ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ। निर्जीवन बीमा समूह ३.९० र हाइड्रोपावर २.८४ प्रतिशतले घटे। बाढी प्रभावित रसुवागढी हाइड्रोपावरको सेयरमूल्य १५ प्रतिशत तथा मैलुङ खोला जलविद्युत्को १४.९९ प्रतिशतले घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


