काठमाडौं, जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सुरु भएको छ। उद्घाटन भएको एक सातापछि नियमित सेवा सुरु भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए।
उनका अनुसार अयोध्याबाट बिहान जनकपुरधाम आइपुगेको रेलमा अयोध्या जान ४०० यात्रुले टिकट लिएका छन्। अब यात्रुले अनलाइनमार्फत भारतीय टिकट प्रणालीबाट वा जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट खरिद गर्न सक्नेछन्।
जनकपुरधामबाट अयोध्यासम्मको भाडा स्लीपर श्रेणीमा ५८४ रुपैयाँ, एसी थर्ड इकोनोमीमा एक हजार ४१६ रुपैयाँ, एसी थर्डमा एक हजार ५४४ रुपैयाँ र एसी सेकेन्डमा दुई हजार १७६ रुपैयाँ निर्धारण गरिएको छ।
रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधाम आउने र शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्या जानेछ। नेपाली यात्रुले टिकट लिन नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक पेस गर्नुपर्नेछ।
१७ डिब्बा रहेको रेलले करिब ६०४ किलोमिटर दूरी तय गर्दै जयनगर, मधुवनी, सीतामढी, रक्सौल, गोरखपुर, बस्ती र मनकापुरलगायत स्थानमा यात्रु चढाउने तथा ओराल्ने व्यवस्था गरेको छ। यस सेवाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक पर्यटन तथा नेपाल–भारतको सांस्कृतिक सम्बन्ध प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special