काठमाडौं, कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। उत्पादन लागत बढ्दै गए पनि तीन वर्षदेखि दूधको मूल्य समायोजन नभएको भन्दै किसानले उचित मूल्य नपाएको गुनासो गरेका हुन्।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अनुसार अहिले किसानले दूधको गुणस्तरअनुसार प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म पाउँदै आएका छन्। सहकारीका अध्यक्ष नवराज बरालले दाना, चोकर, श्रम, औषधोपचार र ढुवानी खर्च बढेकाले कम्तीमा ८० रुपैयाँ मूल्य आवश्यक रहेको बताए।
किसानले दूधको मूल्य वृद्धिसँगै बिक्रीको रकम समयमै भुक्तानी, पशु उपचार तथा खोप सेवा प्रभावकारी बनाउन र पशु आहारमा सहुलियत दिन पनि माग गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special