काठमाडौं, अमेरिकामा लामो समयदेखि रहस्यमय बनेको नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणले अदालती सुनुवाइका क्रममा नयाँ मोड लिएको छ। भर्जिनियाको प्रिन्स विलियम काउन्टी बिहिबार अदालतमा जारी बहसका क्रममा मुख्य अभियुक्त नरेश भट्टले बयान दिँदै आफ्नी श्रीमतीलाई शयनकक्षको भुइँमा मृत अवस्थामा फेला पारेपछि उनको शव टुक्रा-टुक्रा पारेको स्वीकार गरेका छन्।
उनले आफूसँग थप बल नपुगेपछि शव टुक्र्याउने काम रोकेको बताएका छन्। उनले फोहोर फाल्ने डब्बा (डस्टबिन) मा सहजै अटाउनका लागि आफूले इलेक्ट्रिक आरा प्रयोग गरी शवका अंगहरू काटेको कबुल गरे। यद्यपि, आफूमाथिको मुख्य अभियोगलाई पन्छाउँदै उनले श्रीमतीको हत्यामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
उनले घटनाको दिन बिहान ममतालाई शयनकक्षमा मृत अवस्थामा फेला पारेको र त्यसपछि प्रमाण लुकाउन खोजेको तर्क अदालतमा पेस गरे। भट्टले दिएको बयान अनुसार, जुलाई ३०, २०२४ को बिहान उनले ममता काफ्ले भट्टको निर्जीव शरीर फेला पारेका थिए, जसको अनुहार र भुइँमा बान्ता लतपतिएको थियो।
भट्टमाथि आफ्नी श्रीमती बेपत्ता पारेको घटनामा हत्या, शव लुकाएको र शवको अपमान गरेको आरोप लगाइएको छ। ममताको शव हालसम्म फेला परेको छैन र भट्ट अगस्ट २०२४ मा पक्राउ परेपछि हालसम्म पनि हिरासतमा रहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ममताको हत्या अभियोगमा नरेशको बयान: ‘श्रीमतीको शव टुक्रा-टुक्रा पारेँ’
Previous Articleआज धनतेरस पर्व मनाइँदै
Next Article सुनचाँदीको मूल्य घट्यो



NPL Special
NPL Special