२०८३ असार १८
सरकारले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण अभियानअन्तर्गत २६ मोबाइल एप र करिब साढे २ लाख बेटिङ वेबसाइट बन्द गरेको छ।
२०८३ असार १७
इन्धनको मूल्य घटेपछि धेरै निजी पेट्रोल पम्प बन्द हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ भने निगमले कृत्रिम अभाव नगर्न चेतावनी दिएको छ।
सरकारले अवैध एजेन्ट नियन्त्रण र स्थानीय तहबाट श्रम स्वीकृति सेवा विस्तार गर्दै वैदेशिक रोजगारी प्रणाली सुधार अभियान सुरु गरेको छ।
२०८३ असार १६
सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको बेलायत आवतजावत विवरण र नियुक्ति फाइल झिकाउन आदेश दिएको छ।
स्ववियुले विद्यार्थी संगठन हटाउने सरकारी निर्णय संविधान र कानुनविपरीत रहेको भन्दै विरोध जनाएको छ।
जलवायु उत्थानशील खाद्य प्रणाली विकासका लागि नेपालले १० मिलियन अमेरिकी डलरको अन्तर्राष्ट्रिय अनुदान प्राप्त गरेको छ।
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञलाई मनोनयन गरेको छ।
सर्वोच्च अदालतले दृष्टिविहीन नागरिकका लागि संविधान ब्रेल लिपीमा निःशुल्क उपलब्ध गराउन सरकारलाई परमादेश दिएको छ।
मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा आज र भोलि देशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ।
२०८३ असार १५
सर्वोच्च अदालतको निर्देशनपछि १०० शय्याभन्दा माथिका मेडिकल कलेजमा पीसीएल नर्सिङ सञ्चालन र थप २ हजार विद्यार्थी भर्नाको बाटो खुलेको छ।