२०८३ असार १४
काठमाडौं उपत्यकासहित चार जिल्लामा बर्डफ्लु तीव्र रूपमा फैलिँदै जाँदा सरकारले नियन्त्रण र राहत वितरणलाई तीव्र बनाएको छ।
२०८३ असार १३
सर्वोच्च अदालतले सार्वजनिक सरोकारका मुद्दाको सुनुवाइ नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्न कार्यविधि तयार गर्दैछ।
विद्यालयको करोडौँ रुपैयाँ अपचलन र सम्पत्ति दुरुपयोगको आरोपमा पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्।
आज देशका विभिन्न स्थानमा वर्षा र कोसीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
२०८३ असार १२
विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा असार १६ गते सुनुवाइ हुने भएको छ।
स्याङ्जामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्।
२०८३ असार ११
कक्षा १२ को नतिजा विवादबारे अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।
स्थायी बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिएको भन्दै सुकुम्वासीहरूले सरकारविरुद्ध असन्तुष्टि व्यक्त गरेका छन्।
ई–पासपोर्ट छपाइ प्रकरणमा बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ।
२०८३ असार १०
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी र २ लाख २६ हजार नागरिक जोखिममा पर्न सक्ने प्राधिकरणको अनुमान छ।