२०८३ असार ३
जेठ महिनामा काठमाडौँ प्रहरीले स्विप अपरेसनमार्फत १ हजार ४१० जनामाथि कारबाही गर्दै अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनलाई तीव्र बनाएको छ।
त्रिविले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापक–कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन नत्र कारबाही हुने चेतावनी दिएको छ।
२०८३ असार २
दूरसञ्चार प्राधिकरणले फिसिङ लिंकयुक्त सन्देशबाट साइबर ठगीको जोखिम बढेकाले अपरिचित स्रोतबाट आएका लिंकमा क्लिक नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
राहदानी छपाइमा अनियमितताको आरोपमा महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
सम्पत्ति छानबिन आयोगमा एक महिनाभित्र ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाउँदा ५ सयभन्दा बढी अकुत सम्पत्तिका उजुरी दर्ता भएका छन्।
पेन्सन पुनर्स्थापनाको माग गर्दै त्रिविका करिब १६ सय प्राध्यापक र कर्मचारी ६५ दिनदेखि आन्दोलनरत छन्।
भ्रामक एसएमएस र शंकास्पद लिंकमार्फत हुने ठगीबाट जोगिन नेपाल टेलिकमले ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ।
राहदानी छपाइ ठेक्कामा अनियमितताको आरोपमा महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
एसएसपी काफ्लेले प्रविधि र कडा नीतिबिना काठमाडौँको ट्राफिक प्रणाली ध्वस्त हुने जोखिम रहेको बताएका छन्।
२०८३ असार १
विस्थापित सुकुम्वासीहरूले उचित पुनर्वास र क्षतिपूर्ति नपाए भत्काइएका बस्तीमा फर्किने चेतावनी दिएका छन्।