२०८३ असार ७
नेपालमा आज स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।
२०८३ असार ५
ई–पासपोर्ट ठेक्का अनियमितता प्रकरणमा पक्राउ परेकालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ।
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि प्राप्त आवेदनको ‘सर्ट लिस्ट’ तयार गर्दै छनोट प्रक्रियालाई अघि बढाइरहेको छ।
जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि जावलाखेलको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ।
२०८३ असार ४
राष्ट्रिय सभाको समितिले चिया क्षेत्रको संकट समाधान गर्दै नगदेबालीको बजार व्यवस्थापनका लागि आवश्यक कानुन ल्याउन सरकारलाई निर्देशन दिएको छ।
ई–पासपोर्ट खरिदमा अनियमितताको आशंकासँगै अख्तियारले पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएर बयानका लागि बोलाएको छ।
सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सबै तयारी पूरा गर्दै जोखिम क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिसकेको जनाएको छ।
ई–पासपोर्ट खरिदमा अनियमितता अनुसन्धानका क्रममा अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ।
२०८३ असार ३
सरकारले असारको तेस्रो सातादेखि भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ।