२०८३ श्रावण २०
ब्रड पिकमा ज्यान गुमाएका निम्सदाइसहित चार आरोहीको शव सफलतापूर्वक आधार शिविरमा ल्याइएको छ।
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवकको खोजीका लागि प्रहरीले अभियान थालेको छ।
२०८३ श्रावण १९
सांसद राजुनाथ पाण्डेले वागमती कोरिडोर विस्तारका क्रममा नेपाली सेनासँग कुनै विवाद नभएको बताएका छन्।
नयाँ नियमावली लागू भएसँगै शिक्षा मन्त्रालयले २०७३ को शैक्षिक परामर्श निर्देशिका खारेज गरेको छ।
ग्यास वितरणमा देखिएको समस्या समाधानका लागि समितिले तत्काल सिलिन्डर म्यापिङ सुरु गर्न निर्देशन दिएको छ।
२०८३ श्रावण १८
पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक सोमबार दिउँसोदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
मुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने खुलाउन तीन वटा उपकरण परिचालन गरिएको छ।
राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई सीआईबीले पक्राउ गरेको छ।
२०८३ श्रावण १७
उपत्यकामा चोरी तथा लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
ब्रोड पिक हिमपहिरोमा हराएका १० आरोहीमध्ये ७ जनाको शव फेला परेको छ भने बाँकी तीन जनाको खोजी जारी छ।