२०८३ असार ३
प्रथम महाधिवेशनको तयारी र विधान संशोधनबारे छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको छ।
सरकारले असारको तेस्रो सातादेखि भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ।
झलनाथ खनालले प्रचण्ड र माधव नेपालमाथि वैचारिक विचलन, गुटबन्दी र पार्टी सञ्चालनमा अनैतिकता गरेको आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्रमार्फत कडा असहमति जनाएका छन्।
२०८३ असार २
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ पाँचौँ दिनपछि हेर्दाहेर्दैमा राख्दै अदालतले बुधबार पुनः बहस गर्ने भएको छ।
चीनले नेपालमा लगानी बढाउन अनुकूल वातावरण बनाउन आग्रह गर्दै द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
२०८३ असार १
एमालेले सरकारलाई गिरीबन्धु, ओम्नी र वाइडबडी लगायतका विवादित फाइल सार्वजनिक गरी निष्पक्ष छानबिन गर्न चुनौती दिएको छ।
२०८३ जेठ ३१
परराष्ट्रमन्त्री शिशिर खनालले भ्रष्टाचार छानबिन अघि बढेको र विदेशमा रहेका नेपालीलाई देश विकासमा लगानी गर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी विभाजित अवस्थामा पुगेको भन्दै एकता र आन्तरिक सुधारको आवश्यकता औंल्याएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्, जहाँ उनले चीनका विदेशमन्त्री वाङ यी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीको विश्वविद्यालय नियुक्तिमा पार्टीलाई सहयोग गरेकालाई प्राथमिकता दिने अभिव्यक्तिले पार्टीको बाचापत्र र शासकीय सुधारका प्रतिबद्धतासँग बाझिएको भन्दै आलोचना भएको छ।