२०८३ असार ५
काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेमाथिको सङ्गठित अपराधको आरोप हटाउन अनुमति दिए पनि सहकारी ठगीको मुद्दा कायम राखेको छ।
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि प्राप्त आवेदनको ‘सर्ट लिस्ट’ तयार गर्दै छनोट प्रक्रियालाई अघि बढाइरहेको छ।
अर्थमन्त्री वाग्लेले कर सुधार, उत्पादनमूलक क्षेत्रमा ऋण लगानी र पुँजीबजारलाई व्यवस्थित बनाउने सरकारको नीति स्पष्ट पारे।
प्रतिनिधिसभाले चार अध्यादेश पारित गर्दै अर्को बैठक असार ११ गतेसम्मका लागि स्थगित गरेको छ।
२०८३ असार ४
गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई सरकारले उच्च प्राथमिकतासहित अघि बढाइरहेको बताएका छन्।
स्वास्थ्य समस्याका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेका छन्।
परराष्ट्रमन्त्री खनालले चीनसँग सीमित सीमा विवाद रहेको र भारतसँग सीमा व्यवस्थापन प्रक्रिया अघि बढिरहेको बताएका छन्।
राष्ट्रिय सभाको समितिले चिया क्षेत्रको संकट समाधान गर्दै नगदेबालीको बजार व्यवस्थापनका लागि आवश्यक कानुन ल्याउन सरकारलाई निर्देशन दिएको छ।
रास्वपाले विधान संशोधन गर्दै केन्द्रीय समिति १५८ सदस्यीय र पदाधिकारी संख्या १९ सदस्यीय बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिने भएका छन्।