रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ मौज्दात रहेको छ। हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ। विभिन्न खाताहरूमा गरी बुधबार राति ८ बजेसम्म कुल १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ संकलन भएको छ।
सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि नै एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री कोषमा १७ अर्बभन्दा बढी मौज्दात, १ अर्ब निकासा
Previous Articleशङ्कास्पद गतिविधि देखिए तुरुन्तै १०० मा फोन गर्न प्रहरीको आग्रह


