काठमाडौं, गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।
एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले जानकारी दिए ।
उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ । “अक्टुबर-नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको सङ्ख्या बढ्ने गर्छ”, उनले भने । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
Next Article वैभवीलाई थाइल्यान्डमा दुई पदक


NPL Special
NPL Special
NPL Special
NPL Special