प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबारदेखि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। सुरुवातमा भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने कार्यक्रम रहेको छ। यसअघि उनले राजदूतहरूसँग सामूहिक भेट गरे पनि व्यक्तिगत भेटवार्ता अस्वीकार गर्दै आएका थिए। नयाँ भेटवार्ताबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


