धादिङको गजुरी गाउँपालिका-५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ। गत शुक्रबार त्रिशूली नदीले सडक कटान गरी राजमार्गको एक हिस्सा भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
नेपाल प्रहरीका अनुसार लगातारको मर्मत प्रयासपछि आइतबार दिउँसो ३:१० बजेदेखि सडक दुवैतर्फी सञ्चालन गरिएको हो। सडक खुला भएसँगै विगत दुई दिनदेखि उक्त खण्डमा रोकिएका सयौँ सवारीसाधन र यात्रुहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेस महाधिवेशन: उपसभापतिमा भण्डारी, महामन्त्रीमा पौडेल अगाडि


