काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद सम्मिलित प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ। भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीले भ्रमणका क्रममा दुई पार्टीबीच सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान र छलफल गर्नेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special