नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो स्वरूप — ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।
यसअघि, नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थलमा नौ दुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा अर्चना गरिएको थियो। दोस्रो दिन आज भने सोही पूजास्थलमा देवी ब्रह्मचारिणीको आह्वान गरी विशेष पूजा गर्न लागिएको हो।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रहरूको पाठ गर्ने गरिन्छ। नवरात्रभरि देवीको आराधना र पूजा गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।चलन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दुर्गा पक्षको दोस्रो दिन: आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
Previous Articleकाँग्रेसका नयाँ तीन महामन्त्री: प्रदीप, उदय र डिला
Next Article विदेशी मुद्राको आजको दर: डलर, युरो र पाउन्ड कति ?


